चितवन दुर्घटना अपडेट : मृतक किशोरको पहिचान खुल्यो

लोकपथ
1.9k
Shares

चितवन । भरतपुर महानगरपालिका-२९ सत्रकिलोस्थित सडकमा भएको सवारी दुर्घटनामा मृत्यु भएका किशोरको पहिचान खुलेको छ । मृत्यु हुनेमा प्युठान नौबहिनी गाउँपालिका-३ बस्ने १३ वर्षीय सोयन पुन रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

सोमबार बिहान बा.४ ख ९०८६ नम्बरको बस, ना.३ ख ७९१५ नम्बरको ट्रक, ना.७ ख ३२४८ नम्बरको बस र ना.६ ख ८९६८ नम्बरको बस एकआपसमा ठक्कर खाई गए राति दुर्घटना भएको थियो । चितवन— भरतपुर महानगरपलिका–२९ को नारायणगढ–मुग्लिङ सडक खण्डको सत्र किलोमा चारवटा सवारी साधन एकैठाउँमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ।

गएराति भएको सो दुर्घटनामा चालकसहित २३ जना घाइते भएका छन् भने घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ।

काठमाडौंबाट प्यूठानतर्फ जाँदै गरेको बा ४ ख ९०८६ नं‍ को बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नं को ट्रक, काठमाडौंबाट महोत्तरी बर्दिबासतर्फ जाँदै गरेको ना ७ ख ३२४८ नं को बस र वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नं को बस एकै ठाउँमा ठक्कर खाँदा सो दुर्घटना भएको हो।

घाइते मध्ये १८ जनाको इच्छाकामना आधारभुत अस्पताल कुरिनटारमा र चारजनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?