संसदको गतिरोध खुलाउन प्रधानमन्त्रीले गरेको छलफल निष्कर्षविहीन, साँझ पुनः बस्ने

लोकपथ
210
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणको विषयमा संसदीय छानबिन समितिको कार्यादेशबारे छलफलका लागि बसेको बैठक निष्कर्षविहीन भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले अलग-अलग र संयुक्त छलफल गरेपनि सहमति नजुटेपछि आज साँझ फेरि छलफल गर्ने भन्दै नेताहरु उठेपछि बैठक निष्कर्षविहीन भएको हो ।

त्यस्तै सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेका नामका विषयले कार्यदेशमा सहमति हुन सकिरहेको छैन।

सत्तापक्षले सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको नाम राख्न नहुने अडान कायमै राख्दै आइरहेको छ भने प्रतिपक्षी कांग्रेसले गृहमन्त्रीको नाम किटान नगरी संसदीय छानबिन समितिको कार्यादेश बनाउनुपर्ने अडान कायम राख्दै आइरहेको हो।

आजको बैठकमा सहमति हुन नसकेपछि कांग्रेसले पदाधिकारी तथा पूर्व पदाधिकारीहरुसँग छलफल गर्दैछ। दिउँसो १ बजेका लागि कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बैठक बोलाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?