बलात्कार मुद्दामा न्यायाधीश गिरी दोषी ठहर

लोकपथ
532
Shares

काठमाडौं । जबरजस्ती करणीको कसुरमा न्यायाधीश भुवन गिरी दोषी ठहर भएका छन् । काठमाडौं जिल्ला अदालतले न्यायाधीश गिरीलाई दोषी ठहर गरेको हो ।

आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले गिरीलाई दोषी ठहर गरेको हो । गिरीलाई सजाय निर्धारणका लागि अर्को पेसी तोकिएको छ ।

गिरीविरुद्ध यसअघि नै कपिलवस्तु जिल्ला अदालतमा वैवाहिक बलात्कारको मुद्दा दर्ता थियो । वैवाहिक बलात्कारको मुद्दा चलिरहेकै समयमा गिरी पीडितलाई भेट्न कोठामा पुगेपछि उनलाई त्यहीँबाट पक्राउ गरी जबरजस्ती करणीको मुद्दा चलाइएको थियो ।

काठमाडौं जिल्ला अदालतबाट धरौटीमा छुटेका गिरी उच्च अदालतबाट समेत काठमाडौंजिल्ला अदालतकै आदेश सदर भएको थियो । जिल्ला अदालत र उच्च अदालतबाट समेत धरौटीमा छुटेपछि पत्नीसमेत रहेकी पीडितले आन्दोलन गर्दे गिरीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेकी थिइन् ।

त्यसपछि सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले जिल्ला र उच्च अदालतको आदेश बदर गर्दै गिरीलाई थुनामा पठाउन आदेश दिएको थियो । अदालतमा फौजदारी कसुरमा मुद्दा दर्ता भएलगत्तै न्यायाधीश गिरी निलम्बनमा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?