चाँगुनारायण नगर उपप्रमुखले आफ्नो तलब विद्यार्थीलाई दिने

लोकपथ
0
Shares

भक्तपुर । चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफुले पाउने तलब भत्ताको रकम विद्यार्थीहरुका लागि खर्च गर्ने घोषणा गरेका छन् ।

नगरपालिकामा पत्रकारहरु माझ आफ्नो दुई वर्षको कार्यकालको अनुभव सुनाउदैं उपप्रमुख बुढाथोकी दुई वर्षको करिब १० लाख रुपैयाँ विद्यार्थीहरुकै लागि खर्च गरेको जानकारी दिए ।

सरकारी नियम अनुसार कर कट्टा गरेर आफुले मासिक पाउने ३० हजार, प्रत्येक बैठकमा पाउने १ हजार ४ सय रुपैँया भत्ता आउने सबै सामाजिक कार्यमा खर्च गरेको उनको भनाई छ ।

‘मैंले पार्टीमा टिकट लिने बेलामा नै भनेको थिए । कुनैपनि सेवा सुविधा आफ्नो लागि खर्च गर्दिन । अहिले नगरभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययन गर्ने सानाबाबु नानीहरुलाई सानो सहयोग गर्ने गरेको छु,’ उनेल भने ।कहिलेकाहीं आउने पैसाले नपुगे आफ्नो खल्तीको समेत हालेर विद्यार्थीहरुलाई झोला, पोशाक र जुत्ता किनिदिने गरेको उपप्रमुख बुढाथोकीले बताए ।

नगरपालिकाले उपलब्ध गराएको गाडी पनि नगर अस्पतालमा बिरामी, सुत्केरी बोक्नको लागि दिएको उनको भनाई छ । एकजना चालक भने आफुने सुविधा लिएको बुढाथोकीले जानकारी दिए । उपमेयर बुढाथोकीले नगरपालिकामा डोजर आतंक रहेको बताए । नगरपालिकामा वडा नं. १ देखि ९ सम्मका डाँडाडाँडामा अन्धाधुन्ध तवरले डोजर चलिरहेको छ, उनले भने ।

उपमेयर बुढाथोकीले पाँच रोपनी जग्गा सम्याउने भनेर नगरपालिकाबाट सिफारिस लाने तर जग्गा व्यवसायी र प्लटिङ व्यवसायीहरूले नगरपालिकाको आँखा छलेर १० रोपनीमा डोजर चलाउने गरेको बताए ।उनले अवैध रूपमा डोजर चलाएका व्यवसायीबाट कर उठाएको, डोजरको साँचो नियन्त्रणमा लिएपनि डोजर चल्न नरोकिएको जानकारी दिए । त्यसबारे जनप्रतिनिधिसमेत मौन रहेको उनको दुःखेसो छ ।

नगरपालिकाको अनुमती बेगर कित्ताकाट गरेका जग्गाको घरबाटो सिफारिस दिंदा जरिवाना स्वरुप एक पटकको लागि प्रतिआना रु १५ हजारको दर लिने गरेको र जस अनुसार चार करोड रुपैया राजश्व संकनल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?