सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारेबार ?

लोकपथ
1.5k
Shares

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३६ हजार ९ सय रहेको थियो भने आज मूल्य तोलामा ३ सयले वृघि भइ १ लाख ३७ हजार २ सय कायम भइ कारोबार भइरहेको छ।

त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य १ लाख ३६ हजार ५ सय ५० रहेको छ।

महासंघका अनुसार आइतबारको तुलनामा आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले वृद्धि भएको छ। हिजो चाँदीको मूल्य १ हजार ८ सय ५५ रहेकोमा आज १ हजार ८ सय ८० कायम भइ कारोबार भइरहेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?