ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरको २७औँ वार्षिक साधारण सभा सम्पन्न

लोकपथ
203
Shares

काठमाडौं । काठमाडौंको चवहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

काठमाडौं धुम्वाराहिस्थित अकामा होटलमा शनिबार सम्पन्न साधारण सभाले नव निर्वाचित सञ्चालकहरु मध्येवाट वरिष्ठ रेडियोलोजिष्ट डा। आनन्द प्रसाद श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मतबाट चयन गरेको हो ।

हस्पिटलका सञ्चालकहरुमा सरला रिजाल, डा। हरि किशोर श्रेष्ठ, डा.गिसुपनिख प्रसिको, डा. राजेश किशोर श्रेष्ठ, डा. रिता सिंह हमाल, शरदकान्त अधिकारी, हरि प्रसाद पाठक, विजय मल्ल, बाबु काजी कार्की, प्रा. डा. जागेश्वर शर्मा गौतम निर्वाचित भएका हुन् ।

ॐ हस्पिटलले पछिल्लो समयमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा स्वास्थ्य सेवा विभागसँगको सहकार्यमा मृगौला रोग लागि मृगौला कमजोर भएका विरामीहरुको निःशुल्क डायलाईसिस सेवा तथा क्यान्सरका विरामीहरुका लागि नेपाल सरकारले उपलब्ध गराएको एकलाख सहुलियत सहितको विशेष उपचार सेवा समेत प्रदान गरिरहेको छ ।

७० बर्षभन्दा माथिका जेष्ठ नागरिकहरुको सम्मानमा अस्पतालले उपचार शुल्कमा १० प्रतिशत छुटसमेत प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?