कोलकाताले चुम्यो तेस्रो पटक आइपिएलको उपाधि

लोकपथ
2.1k
Shares

काठमाडौं । सनराइजर्स हैदरावादलाई पराजित गर्दै कोलकाता नाइट राइडर्सले १७औँ संस्करणको इन्डियन प्रिमियर लिग आइपिएलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो । कोलकाताको यो तेस्रो उपाधि हो ।

पछिल्लो पटक कोलकाताले सन् २०१४ को फाइनलमा किंग्स ११ पञ्जाबलाई ३ विकेटले पराजित गर्दै दोस्रो उपाधि जितेको थियो । त्यसभन्दा अगाडि सन् २०१२ मा चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्दै कोलकाताले पहिलो पटक आईपीएल उपाधि जितेको थियो ।

तेस्रो उपाधि जित्नेक्रममा हैदरावादले दिएको ११४ रनको लक्ष्य कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाएर सहजै पूरा ग¥यो।
कोलकाता वेंकटेश अय्यरले अविजित रहँदै सर्वाधिक ५२ रन बनाए। २६ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे ।
रहमानउल्लाह गुरबाज ३९ र सुनील नारायण ६ रनमा आउट हुँदा कप्तान श्रेयस अय्यर ६ रनमा अविजित रहे। हैदरावादका प्याट कमिन्स र शाहबाज अहमदले १/१ विकेट लिए ।

त्यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङ थालेको हैदरावादले १८.३ ओभरमा सबै विकेट गुमाउँदै ११३ रन बनाएको थियो ।
हैदरावादका कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन बनाए । १९ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे ।
एडन मारक्रम २०, हाइनरिक क्लासन १६ र नितीशकुमार रेड्डी १३ रनमा आउट भए। आन्द्रे रसेलले सर्वाधिक ३ विकेट लिए । २.३ ओभर बलिङ गरेका उनले १९ रन खर्चिए ।

मिचल स्टार्क र हर्षित राणाले २/२ विकेट लिए । यस्तै, वैभव अरोडा, सुनील नारायण र वरुण चक्रवर्तीको नाममा १÷१ विकेट लिए ।

कसले के अवार्ड पाए त ?
विजेता – कोलकाता नाइट राइडर्स
उपविजेता – सनराइजर्स हैदरावाद
ओरेन्ज क्याप (सर्वाधिक रन) – विराट कोहली (७४१ रन, १५ खेल)
पर्पल क्याप (सर्वाधिक विकेट) – हर्षल पटेल (२४ विकेट, १४ खेल)
मोस्ट भ्यालुएबल प्लेयर अफ द सिजन – सुनिल नारायण (४८८ रन र १७ विकेट, १५ खेल)
सर्वाधिक चौका – ट्राभिस हेड (६४ चौका, १५ म्याच)

सर्वाधिक छक्का – अभिषेक शर्मा (४२ छक्का, १६ खेल)

इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट – नितिश रेड्डी (३०३ रन र ३ विकेट)

काल्पनिक प्लेयर अफ द सिजन – सुनिल नारायण

सिजनको उत्कृष्ट स्ट्राइक रेट – जेक फ्रेजर–म्याकगुर्क (२३४.०४)

क्याच अफ द सिजन – रमनदीप सिंह (अरशिन कुलकर्णी, केकेआर भर्सेज एलएसजी, मे ५)
फेयरप्ले अवार्ड – सनराइजर्स हैदराबाद
पिच र ग्राउन्ड अवार्ड्स – हैदराबाद
प्लेयर अफ द फाइनल – मिचेल स्टार्क (३–०–१४–२)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?