बजेट प्रस्तुत गर्ने सहमती जुटाउन सत्ता पक्ष र विपक्षीको बैठक बालुवाटारमा जारी

लोकपथ
715
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको निवासमा शीर्ष राजनीतिक दल र कार्यदलको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री दाहालले संसदको गतिरोध अन्त्य गरी मंगलबार सहज वातावरणमा बजेट प्रस्तुत गर्ने सहमती जुटाउने प्रयासमा बैठक बोलाएर प्रतिपक्ष दलका नेताहरुसँगै कार्यदलका सदस्यहरुसँग एकसाथ छलफल गरिरहेका छन् ।

बैठक दाहाल निवास बालुवाटामा जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा कांग्रेसका उप सभापति पूर्णबहादुर खड्का, कृष्ण सिटौला, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, सहमहामन्त्री जीवन परियारलगायतका नेता सहभागी छन् ।

यस्तै,नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, कार्यदल संयोजकसमेत रहेका कानुन मन्त्री पदम गिरी र प्रमुख सचेतक महेश बर्तौला सहभागी हुँदा माओवादीबाट अर्थमन्त्री वर्षमान पुन, सचेतक हितराज पाण्डे, रास्वपाबाट सभापति रवि लामिछाने, स्वर्णीम वाग्ले र सन्तोष परियारलगायत सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?