फ्रेन्चाइज भलिबल लिग आयोजना हुने

लोकपथ
195
Shares

काठमाडौं । नेपाल पुरुष फ्रेन्चाइज भलिबल लिग आयोजना हुने भएको छ । लिग आयोजनाका लागि नेपाल भलिबल संघ र केडिया अर्गनाइजेसन प्रालिबीच आइतबार सम्झौता भएको छ । सम्झौतासँगै आयोजित पत्रकार सम्मेलनमा उक्त घोषणा गरिएको हो ।

भलिबल खेलको अन्तर्राष्ट्रिय स्तरमा विकास, विस्तार र प्रवर्धन गर्न र व्यवसायिक रुपमा विकास गर्ने उद्देश्यले सम्झौता गरेको संघले जनाएको छ ।सम्झौताअनुसार नेपाल पुरुष फ्रेन्चाइजी भलिबल लिग सम्पन्न गर्न लाग्ने सबै खर्च केडिया अर्गनाइजेसन प्रालिले संघलाई उपलब्ध गराउने अध्यक्ष जितेन्द्रबहादुर चन्दले बताए ।

उनका अनुसार फ्रेन्चाइजी भलिबल लिग सञ्चालन गर्न केडिया अर्गनाईजेसनले भलिबल संघलाई वार्षिक ३५ लाख रुपैयाँ उपलब्ध गराउने छ । प्रतियोगिताको प्रथम संस्करण आउँदो माघ–फागुन महिनासम्म काठमाडाैंमा हुने र अन्य संस्करणहरु होम एण्ड अवेको आधारमा नेपालका विभिन्न सहरहरुमा समेत खेलाइने लक्ष्य राखिएको अध्यक्ष चन्दले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?