पत्रकाारितामा सृजनशीलता हराउँदै गएको चिन्ता

लोकपथ
130
Shares

इटहरी । नेपाल प्रेस युनियनको ३३ औ स्थापना दिवसको अवसरमा सुनसरी शाखाले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

इटहरीस्थित लायन्स क्लबको सभाहलमा आयोजना गरिएको कार्यक्रममा प्रेस युनियन सुनसरीका पूर्वअध्यक्ष वासुदेव वराल अग्रज एवम प्रेस स्वतन्त्रता सेनानी हर्ष सुब्बा, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य अमर खड्का, प्रेस युनियनका कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित लगायतले मन्तव्य राखेका थिए ।

वक्ताहरूले प्रेस युनियन सदैव लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका थिए । उनीहरूले पछिल्लो समय पत्रकारितामा सृजनशीलता हराउँदै गएकोप्रति चिन्ता समेत व्यक्त गरेका थिए । कार्यक्रममा नेपाली काङ्ग्रेस इटहरी नगर सचिव विक्रम घिमिरेले प्रेस स्वतन्त्रताका लागि नेपाली काङ्ग्रेस सदैव प्रतिबद्ध रहेको जिकिर गरेका छन् ।

यस्तै कार्यक्रममा प्रमुख अतिथि एवम् नेपाली काङ्ग्रेसका सुनसरी जिल्ला उपसभापति नगेन्द्र राईले पत्रकारलाई स्वतन्त्र रूपमा अघि बढ्न नदिएसम्म पार्टी माथि जान नसक्ने दाबी गरेका छन् ।

उनले खोज पत्रकारिता हराउँदै गएका कारण प्रेस युनियनले नेतृत्व लिएर समग्र पत्रकारिताको विकास गर्न लागि पर्नुपर्ने कुरामा जोड दिएका छन् । कार्यक्रममा प्रेस युनियन सुनसरीका अध्यक्ष ध्रुव ढकालले समग्र पत्रकारिताको संवाहकका रूपमा रहेको प्रेस युनियनले पत्रकारिताको विकासका लागि सदैव कटिबद्ध हुने दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?