संसद्को गतिरोध अन्त्यका लागि अध्यक्ष नेपालले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

लोकपथ
936
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसद्को गतिरोध अन्त्यका लागि ध्यानाकर्षण गराएको छ।

पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री निवास बालुवाटार पुगेर संसद्मा देखिएको गतिरोध हटाउने विषयमा ध्यानाकर्षणपत्र बुझाएको हो।

ध्यानाकर्षण पत्रमा संसद्को गतिरोध अन्त्यका लागि छलफल र सार्थक संवादको माध्यमबाट प्रतिपक्षलाई विश्वासमा लिएर अगाडि बढ्नुपर्ने, नीति कार्यक्रम र वार्षिक बजेटमार्फत जनताका समस्या समाधान गर्नुपर्नेलगायत विषय उल्लेख छन्।

‘संसद् जनताका सबैप्रकारका समस्याको उठान गर्ने र घनिभूत छलफलको माध्यमबाट सरकारको ध्यानाकर्षण गराउनुका साथै समाधानका लागि मार्गदर्शन गराउने थलो हो। त्यसैले संसद्मा जारी अवरोध हटाउन प्रधानमन्त्रीले सार्थक संवाद तथा छलफलसहित विपक्षीलाई विश्वासमा लिएर अगाडि बढ्ने विश्वास हाम्रो पार्टीको विश्वास छ,’ पत्रमा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?