अमेरिका र दक्षिण कोरियाले निगरानी बढाएको उत्तर कोरियाको आरोप, जवाफी हमलाको चेतावनी

लोकपथ
702
Shares

काठमाडौं । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले अन्तर-कोरियाली सीमामा निगरानी गतिविधि बढाएको आरोप लगाएको छ। यससँगै उत्तर कोरियाले देशको सार्वभौमसत्ता र सुरक्षाको उल्लङ्घन भएको खण्डमा पक्कै पनि जवाफी कारबाही गर्ने चेतावनी दिएको छ ।

उत्तर कोरियाका रक्षामन्त्री किम जोङ उनले अमेरिका र दक्षिण कोरियाको कठपुतली वायु सेनाले दिनभर निकै छोटो अन्तरालमा हवाई जासुसी गतिविधि गरिरहेको बताए ।

किमले थप भने, ‘जब देशको सार्वभौमसत्ता र सुरक्षालाई खतरा हुन्छ, हामी तुरुन्त कारबाही गर्छौं।’ उनीहरूले दक्षिण कोरियाको नौसेना र तट रक्षकलाई समुद्री सीमा उल्लंघन गरेको र सैन्य तनाव बढाएको आरोप पनि लगाएका छन्।

मे १३ र २४ को बीचमा, अमेरिकाले कोरियाली प्रायद्वीपमा 16 RC-135 र U-2S जासूस विमानहरू रद्यRQ-4B ड्रोनहरू उडाएको किमले दावी गरे गरेका छन् । यससँगै उनले दक्षिण कोरियाबाट बेलुनमा पठाइएका पर्चालाई खतरनाक उत्तेजक कार्य भएको भन्दै आलोचनासमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?