हमासद्वारा गाजा युद्धविराममा नयाँ वार्ता अस्वीकार

लोकपथ
338
Shares

काठमाडौं । इजरायलसँग नयाँ वार्तामा संलग्न हुने धारणालाई हमासका वरिष्ठ प्रतिनिधि ओसामा हमदानले अस्वीकार गरेका छन् । उनले गाजा युद्धविरामको लागि वार्ता जस्ता मिडिया रिपोर्टहरूको पनि विरोध गरे।

सात महिनादेखि जारी इजरायल र हमासबीचको युद्ध अन्त्य गर्न धेरै प्रयास भइरहेको छ । यस महिनाको सुरुमा हमासले कतार र इजिप्टको मध्यस्थतामा युद्धविराम प्रस्तावलाई ग्रीन सिग्नल दिएको थियो। हालै ओसामा हमदानले एक अन्तर्वार्तामा इजरायलको गाजाबाट फिर्ता हुनु र सबै शत्रुताको अन्त्य गर्नु प्राथमिकतामा रहेको बताए। उनले नयाँ वार्ताको आवश्यकता नरहेको बताए ।

ओसामाले नयाँ प्रस्तावहरू स्वीकार गर्न इजरायलको इच्छुकतामा पनि शंका व्यक्त गरेका छन्। उनले पर्याप्त ग्यारेन्टीको अभावमा इजरायललाई आक्रमण जारी राख्न समय नदिने चेतावनी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?