३ आश्विन २०७८, आईतवार

कांग्रेससँग कमल थापाको गठबन्धन भत्कियो, को-को बने उम्मेदवार ?

२०७४,कार्तिक,१३,सोमवार १५:१२


काठमाडौँ, १३ कात्तिक राष्ट्रिय प्रजातन्त्र पार्टीले झापा–३ बाट महामन्त्री राजेन्द्रप्रसाद लिङ्देनको उम्मेदवारीलाई कायमै राख्ने निर्णय गरेको छ पार्टी केन्द्रीय कार्यालयमा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त स्थानमा आफ्नो उम्मेदवारलाई जिताउन अन्य दलसँग समेत सहकार्य तथा तालमेल गर्न सम्बन्धित जिल्ला समितिलाई जिम्मेवारी दिएको उपाध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए । नेपाली काँग्रेसले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई उक्त स्थानमा उम्मेदवार बनाउन लागेपछि काँग्रेसको नेतृत्वमा गठन भएको लोकतान्त्रिक गठबन्धनबाट एउटै क्षेत्रमा दुई उम्मेदवारको प्रतिस्पर्धा हुन लागेको छ उपाध्यक्ष तामाङका अनुसार काँग्रेसले उक्त स्थानमा राप्रपालाई सहयोग गर्ने प्रतिबद्धता जनाएपछि चुनावी प्रचारप्रसार भइसकेको अवस्थामा पार्टीले उम्मेदवार फिर्ता नगर्ने निर्णय गरेको हो । गठबन्धनमा सहभागी भई अन्य स्थानमा पूर्ववर्ती सहमतिअनुसार अगाडि बढ्ने र गठबन्धनका साझा उम्मेदवारलाई जिताउन सहयोग गर्ने निर्णय गरिएको छ । काँगे्रसले सो स्थानमा पार्टी नेता तथा कार्यकर्ताबाट पूर्वमहामन्त्री सिटौलालाई उम्मेदवार बनाउन दबाब आएपछि उनको समानुपातिक सूचीमा रहेको नाम अघिल्लो दिन हटाएको थियो पार्टीले मकवानपुर– १ बाट अध्यक्ष कमल थापा, काठमाडौँ–७ बाट विक्रमबहादुर थापा, बाँके–२ बाट ओमप्रकाश आजाद र दैलेख– १ बाट दीपककुमार शाहीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बाँकी भएको जिल्लामा चाँडै उम्मेदवारको टुङ्गो लगाइने बताइएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,१३,सोमवार १५:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान दिवसलाई राष्ट्रिय एकता दिवसका रूपमा लिनुपर्ने बताएका छन् । सातौँ संविधान दिवसका

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले सातै प्रदेशमा तत्काल प्रदेश प्रहरीको व्यवस्था हुनुपर्ने बताएका छन् । महेन्द्रनारायण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र, गणतन्त्र र संविधान बचाउन र संविधानविरोधीको षड्यन्त्रलाई परास्त

काठमाडौँ । पूर्वप्रधान्यायाधीश, संविधानका जानकार तथा राजनीतिक दलका नेताले पूरा अवधि काम गर्न नपाउँदै बहुमतको सरकार फेरिने तथा पटक–पटक संसद्

ताजा समाचार

मुख्य राजमार्गमा सिसीटिभी जडान पूरा
 २०७८,आश्विन,३,आईतवार २२:२५
कालीगण्डकीमा हाम फालेर पुरुष बेपत्ता
 २०७८,आश्विन,३,आईतवार २२:१८
रेडपाण्डाका छालासहित एक युवक पक्राउ
 २०७८,आश्विन,३,आईतवार २१:०१