जेठ १५ गते दिउँसो १ बजे बजेट भाषण प्रस्तुत हुने

लोकपथ
3.4k
Shares

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/०८२को बजेट जेठ १५ गते मंगलबार दिउँसो १ बजे प्रस्तुत हुने भएको छ ।

सभामुख देवराज घिमिरेले बजेट वक्तव्यका लागि मंगलबार दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको जानकारी गराएका हुन् ।

उनले प्रतिनिधिसभा सदस्यहरुलाई १२:४५ बजे भन्दा अगाडि नै संसदमा उपस्थित हुन आग्रह गरेका छन् ।

संविधानको धारा ११९ अनुसार संघीय संसदको संयुक्त बैठकमा जेठ १५ गते नै बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नेछन् ।

बजेट भाषणपछि दिउँसो ४ बजे प्रतिनिधिसभाको बैठक बस्ने सभामुख घिमिरेले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?