सांसद शाहीले सोधे- ‘गृहमन्त्रीको खुट्टा किन काँपेका ?’

लोकपथ
819
Shares

काठमाडौं । सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेले सत्तापक्षमा पुगेपछि बोली फेरेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा उनले प्रतिपक्षमा बस्दा मुटु दरो पार्नुपर्छ भनेर भन्ने रवि लामिछानेले आज आफ्नै खुट्टा कमाएको जस्तो देखिएको टिप्पणी गरे ।

उनले भने, ‘यही कुर्सीमा बसेर गृहमन्त्रीले भन्नु भएको थियो, जजसको नाम आएको छ, छानबिन गरौं गृहमन्त्रीले मुटु दरो छ भन्नु भएको थियो । हरेकको नाम आएको छ किन को मान्छेसँग डराएको सोधपुछ् गर्न पनि गृहमन्त्री र प्रधानमन्त्री डराउने यहाँ छानबिन गर्नु पर्यो भनेर पनि भन्नु भएको थियो । म भन्न चाहन्छु सहकारी पीडितहरुको आज सडकमा बास भएको छ । नेपाली जनतालाई मार्न पाउने अधिकार कसैसँग पनि छैन । गृहमन्त्रीलाई उहाँले बोलेको कुरा फिर्ता गर्छु डराएको हो, मुटु कमाएको हो । छानबिन समिति अब आवश्यक देखिन्छ ।’

उनले सदनमा आम जनताको बारेमा बहस गर्ने वातावरण नभएको भन्दै संसद् संसद् जस्तो नभएको बताए ।

उनले भने, ‘आज संसद संसद जस्तो भएको छैन् । यो कुर्सी गजबको कुरा रहेछ, दायाँ तर्फ बस्दा मान्छेको चरित्र एउटा बायाँ बस्दा अर्को, हामीले फरक चरित्र निमार्ण गरिरहेका छौं संसदबाट तर आज अहिलेसम्म पनि संसदका गतिविधिले गर्दा नेपाल सरकार रसियामा अलपत्र परेका मानिसलाई उद्धार गर्न सकेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?