प्रतिपक्षी दलको नाराबाजीका बिच नीति तथा कार्यक्रममाथि छलफल जारी

लोकपथ
117
Shares

काठमाडौं । प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलहरुको विरोधको बीच सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी छ ।

आजको बैठकमा पनि नेपाली कांग्रेसले आफ्नो पूर्वअडान कायम राख्दै संसदमा नाराबाजी गरिरहेको छ । तर सभामुखले त्यसमाथि छलफलका लागि एक घण्टाको समय निर्धारण गरिएको जानकारी गराएका छन् ।

अहिले प्रतिपक्षी दलहरुको.नाराबाजीका बिच नीति तथा कार्यक्रममाथि दलीय प्रतिनिधित्वको आधारमा छलफल भइरहेको छ ।प्रतिपक्षी दलहरु भने वेल घेरेर नाराबाजी गरिरहेका छन् ।

यही जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेस गरेका थिए । तर, सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै नेपाली कांग्रेसले संसद अवरुद्ध गरेकाले नीति तथा कार्यक्रममाथि छलफल हुन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?