कांग्रेसले गर्यो संसद अवरुद्ध

लोकपथ
0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी सम्बन्धी संसदीय छानबिन समितिको माग गर्दै संसद् अवरुद्ध गरेको छ ।

बैठकको सुरुमा आकस्मिक समयमा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोल्न समय दिएपछि सभामुखले अर्थमन्त्री वर्षमान पुनलाई आर्थिक वर्ष २०८०–०८१ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा २०८१ पेश गर्न समय दिएपछि कांग्रेसले नारावाजी गर्दैै वेल घेराउ गरेको हो ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा जोडिएको भन्दै कांग्रेसले निरन्तर संसद अवरोध गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?