कामना सेवा विकास बैंक र रुपन्देही सिटी एण्ड डाइग्नोसिस सेन्टरबीच छुट सम्झौता

लोकपथ
1k
Shares

काठमाडौं । कामना सेवा विकास बैंकले बुटवलको रुपन्देही डाइगोनोसिस सेन्टर प्रालि सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले उक्त डाइगोनोसिस सेन्टरले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन्।

स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पु-याउने उद्धेश्यले स्थापित उक्त रुपन्देही डाइगोनोसिस सेन्टरमा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले आफ्ना १ सय ३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?