व्यक्तिको नाम उल्लेख गरी छानबिन समिति गठन हुनुपर्ने अडान कायम रहने कांग्रेसको निर्णय

लोकपथ
169
Shares

काठमाडौं । नेपाली कांग्रेसले संसदीय छानबिन समितिको कार्यादेशमा व्यक्तिको नाम तोकेरै संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ ।

आज बिहान कांग्रेस नेताहरुको आन्तरिक छलफलले सहकारीको रकम अपचलनमा संलग्न व्यक्तिको नाम उल्लेख गरी छानबिन समिति गठन हुनुपर्ने अडान कायम रहने निर्णय गरेको हो ।

बैठकपछि कांग्रेस सहमहामन्त्री जीवन परियारले गोर्खा मिडिया नेटवर्कको नाम मात्र लिएर त पुग्दैन, कम्तिमा त्यहाँ संलग्न व्यक्तिहरु कोको हुन् भन्नेबारेमा पनि उल्लेख नगरिकन छानबिन हुन सक्दैन भन्ने पुरानै अडान कायमै रहेको बताएका हुन् ।

उनले भने, ‘अहिले सत्तारुढ दलका साथीहरु यति चलाखीपूर्ण कुरा गरिरहनु भएको छ कि, कुनै पनि सहकारीबाट पैसा लिंदाखेरी नियमसम्मत लियो कि लिएन र त्यो कम्पनीमात्र जवाफदेही हुने कुरा हो । कम्पनीका सन्चालक जवाफदेही हुने कुरा हो भन्ने ढंगले उहाँहरु प्रस्तुत हुनुभएको छ । त्यस कुराले समस्याको समाधान निस्किंदैन । कांग्रेस पार्टी स्पष्ट छ ।’

सहकारीकै विषयलाई लिएर कांग्रेसले आजै काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?