१३औँ पटक एफए कपको उपाधि म्यानचेस्टर युनाइटेडलाई

लोकपथ
1k
Shares

काठमाडौं । म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ । वेम्बली स्टेडियममा शनिबार सम्पन्न फाइनलमा म्यानचेस्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गर्दै युनाइटेडले उपाधि जितेको हो । युनाइटेडको यो १३औँ एफए कप उपाधि हो । अहिलेसम्म सबैभन्दा बढी एफए कपको उपाधि आर्सनलले १४ पटक जितेको छ ।

प्रिमियर लिग च्याम्पियन सिटीले गत वर्ष फाइनलमा युनाइटेडलाई २–१ गोल अन्तरले नै पराजित गर्दै उपाधि जितेको थियो ।
अलेजान्ड्रो गार्नाचो र कोबी माइनूले गोल गर्दै एरिक टेन हागको टोलीलाई पहिलो हाफमै २–० गोल अन्तरको अग्रता दिलाएका थिए । खेलको ३०औँ मिनेटमा सिटीका डिफेन्डर जोस्को ग्वार्डिओल र गोलरक्षक स्टेफन ओर्टेगाको गल्तीका कारण गार्नाचोले गोल गर्दै युनाइटेडलाई शुरूआती अग्रता दिलाए । त्यसको दुई मिनेटपछि मार्को रास्फोर्डले गरेको गोलले मान्यता पाएन ।

३९औँ मिनेटमा माइनूले दोस्रो गोल थपे । उनले ब्रुनो फर्नान्डिसको पासमा गोल गरे । ८७औँ मिनेटमा फिल फोडेनको पासमा जेरेमी डोकुले गोल गर्दै सिटीलाई २–१ को स्थितिमा ल्याए । यो सिजन प्रिमियर लिग जितेको सिटीले एफए कप भने जित्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?