देउवालाई भेट्न बुढानिलकष्ठ पुगे दाहाल

लोकपथ
897
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच वान टु वान भेटवार्ता भएको छ ।
आइताबार देउवालाई भेट्न प्रधानमन्त्री दाहाल देउवा निवास बुढानिलकण्ठ पुगेका छन् ।

उनले देउवासँग सहकारीको बचत अपचलन प्रकरण छानबिनका निम्ति गठन गरिने संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउने विषयमा देउवासँग दुइपक्षीय छलफल गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच टीओआर टुंगो लगाएर संसदमा जारी गतिरोध अन्त्य गर्न निरन्तर कार्यदलका सदस्यले छलफल गर्दै आइरहेपनि गाँठो फुकाउन कांग्रेस तयार भएको थिएन ।

यता सत्तापक्षले पनि गृहमन्त्रीको नामै किटान गरी समिति गठन गर्ने कांग्रेसको बटमलाइनमा सहमत नभएपछि टीओआर टुंगो लगाउने जिम्मा कार्यदले शीर्ष नेताहरुलाई छाडेको छ ।

शनिबार साँझ उक्त विषयमा शीर्ष नेताहरुबिच भएको छलफल कार्यादेशमा सहमति जुट्न नसक्दा आइतबार बिहान ९ बजे बैठक बस्ने गरि हिजोको बैठक सकिएको थियो । तर, शीर्ष नेताहरुबीचको बैठक बस्नुअघि नै दाहाल देउवालाई फकाउन बुढानिलकष्ठ पुगेका छन् । आज संसद् बैठक अघि शीर्ष नेताहरुले सो विषयमा सहमती जुटाएर सदनबाट नीति कार्यक्रम पारित गर्ने तयारी सरकारको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?