संसदीय छानबिन समितिको टीओआर टुंगो लगाउन सिंहदरबारमा कार्यदलको बैठक सुरु

लोकपथ
143
Shares

काठमाडौं । सहकारीको विषयमा छानबिन समिति बनाउन कार्यविधि तय गर्न बनेको कार्यदलको बैठक
सिंहदरबारमा सुरु भएको छ । दिउँसो ३ बजे बोलाइएको कार्यदलको बैठक ढिलो गरी सुरु भएको हो ।

सहकारीको वचत रकम अपचलनमा नेपाली कांग्रेसको माग अनुसार बन्न लागेको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन कार्यदलको बैठक बसेको हो ।

आजको बैठकमा संसदीय छानबिन समिति बनाउँदा गृहमन्त्री रवि लामिछानेको नाम नराख्ने तर कांग्रेसले नाम लिएका सूर्यदर्शन, सुप्रीम लगायतका सहकारीको नाम राखेर छानबिन समिति गठन गर्ने सत्तापक्षले विकल्प दिने र त्यसमाथि छलफल हुने बताईएको छ ।

संसदीय समिति गठन र संकटग्रस्त सहकारीबारे अध्ययन गर्न र सुझाव दिन कार्यदलमा सहमति छ । तर गृहमन्त्री रवि लामिछानेविरुद्ध छानबिन गर्ने भाषा टीओआरमा राख्न सत्तापक्षले अस्वीकार गर्दै आएको छ भने नेपाली कांग्रेसले गर्नैपर्ने अडान लिंदै आएको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संयोजन गर्ने कार्यदलमा नेपाली कांग्रेसबाट जीवन परियार, रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की, नेकपा एमालेबाट महेश बर्तौला, नेकपा माओवादी केन्द्रबाट हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?