उपत्यकामा बिहानैदेखि वर्षा, आज यी पाँच प्रदेशमा पानी पर्ने

लोकपथ
6.9k
Shares

काठमाडौं । शनिबार काठमाडौं उपत्यकामा वर्षा भैरहेको छ । बिहानैबाट उपत्यकाका विभिन्न ठाउँमा हल्का देखि मध्यम वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो ।

हाल बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।  अहिले कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भैरहेको विभागले उल्लेख गरेको छ ।

विभागका अनुसार शनिबार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । आज लुम्बिनी र गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागले राति गण्डकी र कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

गण्डकी प्रदेशसहित लुम्बिनी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ ।

हाल नेपालमा स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?