इमरान खानको पार्टी सचिवालयमा डोजर

लोकपथ
624
Shares

काठमाडौं । पाकिस्तानमा इमरान खानको तहरीक–ए–इन्साफ (पीटीआई)को कार्यालयमा डोजर चलाइएको छ ।
राजधानी विकास प्राधिकरणले इस्लामाबादमा रहेको पाकिस्तान पीटीआईको केन्द्रीय सचिवालयको एक भाग ध्वस्त पारेको छ ।

सीडीएको अतिक्रमण विरोधी टोलीले विहीवारदेखि अवैध निर्माण तथा अतिक्रमण हटाउन अभियान चलाएको थियो । उक्त टोलीले जिल्ला प्रशासनसँग मिलेर पीटीआईको मुख्यालयलाई सिल गरेको थियो ।

पार्टी कार्यालयमा सरकारी संयन्त्रबाटै क्षति पुगेपछि इमरानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफले वर्तमान सरकारको आलोचना गरेको छ । पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती भने जेलमा छन् । पीटीआईका अध्यक्ष ब्यारिस्टर गौहर अलीले सीडीएसँग भवनमा डोजर चलाउने कुनै अनुमति नै नभएको बताउँदै पूर्व सूचना विना काम गरेको आरोप लगाए ।
पीटीआई अध्यक्षले परिसरमा कुनै अवैध निर्माण नभएको दाबी गरे ।

पीटीआईका महासचिव र राष्ट्रिय सभामा विपक्षी दलका नेता उमर अयुबले आन्तरिक मन्त्री मोहसिन नक्वीलाई पार्टी कार्यालय भवनमा डोजर लगाएर गैरकानूनी काम गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?