बहुलिङ्गी सौन्दर्य प्रतियोगिता हुँदै

लोकपथ
65
Shares


काठमाडौं । लेस्बियन, समलिङ्गी, उभयलिंगी, ट्रान्सजेन्डर, क्वियर र इन्टरसेक्सको पहिचान भएका बहुलिङ्गी व्यक्तिहरूलाई लक्षित गरी सौन्दर्य प्रतियोगिता ‘फेस अफ एलजिबिटिक्यु आईप्लस’ हुने भएको छ ।

राज्य मिडिया नेटवर्कले यस समुदायको अद्वितीय सौन्दर्य, शक्ति र विविधताको सम्मानमा लुकेका प्रतिभाहरूलाई अवसर दिलाउने उदेश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको बताएको छ ।

आयोजकले प्रतियोगिताले लेस्बियन, समलिङ्गी, उभयलिंगी, ट्रान्सजेन्डर, क्वियर र इन्टरसेक्स युवाको प्रतिभा प्रदर्शन गर्ने, व्यक्तित्व अभिव्यक्त गर्ने र अरूलाई प्रेरित गर्ने अवसर प्रदान गर्ने जनाएको छ । साथै प्रतियोगिताका विजेताले पुरस्कारसहित मोडलिङ्ग क्षेत्रमा थप अवसर प्राप्त गर्ने आयोजकको भनाई छ ।

प्रतियोगिताका लागि वैशाख ११ गतेदेखि नै आवेदन समेत खुला भएको छ । प्रतियोगितामा भाग लिन ईच्छुकहरुले ‘फेस अफ एलजिबिटिक्युआईप्लस’ नामक फेसबुक पेजमार्फत आवेदन दिन सक्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?