करेन्ट लागेर एक जनाको मृत्यु

लोकपथ
0
Shares

कैलाली । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका-१० खमौरा बस्ने ३५ वर्षीय टिकाराम जोशीको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको हो ।

आफ्नै घरमा मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको अत्तरिया अस्पताल अत्तरिया हुँदै सेती प्रादेशिक अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?