सिरोहिया धनुषा प्रहरीको हिरासतमा, म्याद थपका लागि आज अदालत लगिने

लोकपथ
406
Shares

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पुनः ५ दिनको म्याद थप्न सरकारी वकिल कार्यालयले सिफारिस गरेको छ ।

सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयको टोलीले मं‌गलबार साँझ पक्राउ गरेको हाे। उनलाई पक्राउ गर्न कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीसहितको टोली कान्तिपुर मिडिया ग्रुपको थापाथलीस्थित कार्यालयमा पुगेको थियो।

सिरोहिया अहिले नागरिकतासम्बन्धी उजुरीको आधारमा धनुषा प्रहरीको हिरासतमा छन् । गत बुधबार अदालतले म्याद थपेर अनुसन्धानका लागि तीन दिनको समय दिएको थियो ।

सिरोहियाको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, शेरबहादुर केसी, रमन श्रेष्ठ, रमण कर्ण, अधिवक्ताहरू दीपेन्द्र झा, सिताराम भट्टराई र गोविन्द बन्दी जनकपुरमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?