राष्ट्रियसभा बैठक पनि स्थगित

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ।

आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उठेर विरोध जनाएपछि आइतबार बिहान ११ बजे सम्मको लागि बैठक स्थगित गरेको हो ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको नाम राख्ने वा नराख्ने भन्ने विषयमा कार्यदलमा कुरा नमिल्दा यसअघिका बैठकहरु निष्कर्षविहीन बन्दै गइरहेको थियो।

त्यस्तै आज बसेको प्रतिनिधि सभा बैठकमा पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोध कायमै रहँदा प्रतिनिधि सभा बैठक पनि स्थगित भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?