न्यायपरिषद् बैठक : हरिराज कार्की उच्च अदालतको न्यायाधीशमा सिफारिस

लोकपथ
0
Shares

काठमाडौं । न्यायपरिषद बैठकले सर्वोच्च अदालतका सह रजिष्ट्रार हरिराज कार्कीलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।

शुक्रवार बसेको परिषद्को बैठकले कार्कीलाई उच्च अदालत जनकपुरको वीरगञ्ज अस्थायी इजलासमा सिफारिस गरेको हो । कार्की हाल सर्वोच्च अदालतमा कामु रजिष्ट्रारको रूपमा कार्यरत रहेका थिए ।

प्रधानन्यायाधीशले कार्कीलाई उच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?