न्याय सेवा आयोग बैठक : तीन सहसचिव सचिवमा बढुवा सिफारिस

लोकपथ
231
Shares

काठमाडाैं । न्याय सेवा आयोगको बैठकले न्याय सेवाका तीन सहसचिवलाई सचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।
शुक्रवार बसेको आयोगको बैठकले सरकारी वकिल समूहका खेमराज ज्ञवाली र न्याय समूहका यम बहादुर बुढा मगर र भद्रकाली पोखरेललाई सचिवमा बढुवा सिफारिस गरेको हो ।

बैठकले महान्यायाधिवक्ता कार्यालयका कामु नायब महान्यायाधिवक्ता खेमराज ज्ञवालीलाई नायब महान्यायाधिवक्ता, सर्वोच्च अदालतका सह रजिष्ट्रार यम बहादुर बुढा मगर र न्याय परिषद्का कामु सचिव भद्रकाली पोखरेललाई रजिष्ट्रार वा सो सरहको पदमा नियुक्ति र पदस्थापनको सिफारिस गरेको हो ।

नियुक्ति सिफारिस अनुसार ज्ञवालीलाई नायब महान्यायाधिवक्ता कार्यालय, भद्रकाली पोखरेललाई सर्वोच्च अदालतको रजिष्ट्रार र यम बहादुर बुढालाई न्याय परिषद् सचिवको जिम्मेवारीमा सिफारिस गरिएको हो ।

बैठकले कानून समूहका सहसचिव रही सूदूरपश्चिम प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिव रहेका गंगा बहादुर खरेललाई नेपाल कानून आयोगमा सरुवाका लागि सिफारिस समेत गरेको छ । खरेलको स्थानमा कानून समूहका सहसचिव लिलाधर सुवेदीलाई पठाउन सिफारिस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?