घरेलु हिंसा, बालविवाह र बहुविवाह सम्बन्धी सचेतिकरण कार्यक्रम सम्पन्न

लोकपथ
91
Shares

प्युठान । प्युठानमा घरेलु हिंसा, बालविवाह, बहुविवाह सम्बन्धी सचेतिकरण कार्यक्रम सम्पन्न भएको छ ।

सरूमारानी गाउँपालिका–६ बुढिचौरस्थित श्रमरानी माध्यामिक विद्यालयमा घरेलु हिंसा, बालविवाह, बहुविवाह सम्बन्धी सचेतिकरण कार्यक्रम २०८१ बुधबार सम्पन्न भएको हो ।

जिल्ला प्रहरी कार्यालय प्युठान तथा सरूमारानी गाउँपालिका ६ नम्बर वडा कार्यालयको प्राविधिक सहयोग एवम् सरूमारानी गाउँपालिकाको आर्थिक सहयोगमा तिनकुने दह टोल विकास संस्था प्युठानले उक्त कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्‍वर थापाले घरेलु हिंसा, बालविवाह, बहुविवाह न्यूनीकरण गर्न अपनाउनु पर्ने उपायहरूबारे उल्लेख गर्दै यसका नकारात्मक पक्ष र कानूनी व्यवस्थाका बारेमा जानकारी दिएका थिए ।

सो अवसरमा सरूमारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले हरेक अपराधको श्रृङ्‍खला सानो कुराबाट शुरू भई बिकाराल रूप लिने हुँदा साना–साना कुरामा ध्यान पुर्‍याउन सकेमा अपराध क्रमशस् घटदै जाने बताए।
श्रमरानी माध्यामिक विद्यालयका प्रधानाध्यापक राम प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, विद्यार्थीहरू एवम् अभिभावकहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?