ताइवानमा नयाँ सरकार गठनबाट चिन्तित चीन, ताइवानमा अहिलेसम्मकै ठूलो सैन्य अभ्यास

लोकपथ
650
Shares

काठमाडौं । ताइवानको नयाँ राष्ट्रपतिले सपथ लिएको केही दिनपछि चीनले ताइवानको वरिपरि एक वर्षमा सबैभन्दा व्यापक सैन्य अभ्यास गरेको छ। चीनले बिहीबार बिहान सैन्य अभ्यास सुरु गरेको थियो । यस चिनियाँ अभ्यासको उद्देश्य स्वतन्त्र ताइवानको माग गर्ने पृथकतावादीहरूलाई सजाय दिनु र बाह्य शक्तिहरूको हस्तक्षेप विरुद्ध चेतावनी दिनु बताइएको छ ।

अमेरिका ताइवानको मुख्य सैन्य समर्थक हो। अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को हमला भए अमेरिकाले २ करोड ३० लाख जनताको सुरक्षा गर्ने बताउँदै आएका छन् ।

लाई चिंग-तेले सोमबार ताइवानको नयाँ राष्ट्रपतिको रूपमा पदभार ग्रहण गरेका छन् । आफ्नो सपथ कार्यक्रममा उनले चीनले युद्धको धम्की त्याग्नुपर्ने बताएका थिए । लाइले पदभार ग्रहण गर्दा चीनले आफ्नो असन्तुष्टि प्रकट गरेको थियो। लाइलाई बधाई दिएकोमा चीनले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको निन्दा गरेको छ। चीनले ताइपेई र अमेरिकी रक्षा कम्पनीहरूलाई समर्थन गर्ने अमेरिकी कांग्रेस सदस्यमाथि पनि प्रतिबन्ध लगाएको छ।

चिनियाँ सैन्य अभ्यासका कारण ताइवानमा बनेको नयाँ सरकारका लागि समस्या थपिएको छ । विपक्षी सांसदहरुले ऐन संशोधनको माग गरिरहेका छन् । कानुन परिमार्जनको माग गर्दै मंगलबार राति हजारौं मानिस सडकमा उत्रिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?