नाबालिकालाई यौन क्रियाकलापमा लगाएको अभियोगमा महिला पक्राउ

लोकपथ
221
Shares

काठमाडौं । नाबालिकालाई यौन क्रियाकलापमा लगाएको अभियोगमा एकजना महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–१६ बसन्तनगर बस्ने २९ वर्षीया रश्‍मी लामा रहेकी छन् ।

मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका–३२ नयाँ बानेश्‍वरबाट पक्राउ गरेको हो ।

लामाले प्रलोभन देखाई विभिन्न होटल तथा गेष्ट हाउसहरूमा नाबालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको भन्ने सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

साथै प्रहरीले पीडितलाई उद्दार समेत गरेको छ । उनी माथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?