कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक जारी

लोकपथ
0
Shares

काठमाडौं । संसदीय छानबिन समितिका लागि कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक मन्त्रालयमा जारी छ । सहकारीको रकम अपचलन गरेको विषयमा छानबिन गर्न सिंहदरबारस्थित कानुन मन्त्रालयमा बैठक केहीबेर अघिमात्रै सुरु गरिएको हो ।

कार्यदलमा सरकारको तर्फबाट कानुनमन्त्री पदम गिरी र नेकपा एमालेको तर्फबाट प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, नेता ज्ञानेन्द्र कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनाल सहभागी छन् ।

सहकारीको रकम हिनामिना र अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समेत कारबाहीको दायरामा आउनुपर्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समितिको कार्यादेशमै लामिछानेको नाम उल्लेख गर्नुपर्ने बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?