सीजी मोटर्सको जीएसी मोटरको नयाँ सोरुम सञ्चालनमा

लोकपथ
182
Shares

काठमाडौं । सीजी मोटर्सले जीएसी मोटरको नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । बिहीबार काठमाडौंको थापाथलीमा चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले चिनियाँ अटोमोबाइल कम्पनी जीएसीका आयोन वाई र हाइपर मोडेल सार्वजनिक गरिएको हो ।

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, नेपालका लागि चिनियाँ राजदूत छन् सोङ र जीएसी इन्टरनेशनलका उपमहाप्रबन्धक वाङ सुनसेनले उक्त सोरुम उदघाटन गरे ।

सोरुम उद्घाटनपछि चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले जीएसीका विद्युतीय गाडी (ईभी) विश्व बजारमा टेस्ला र बीवाईडीको प्रतिस्पर्धी बनेको भन्दै नयाँ सोरुमबाट उपभोक्तालाई सहज र विशेष तरिकाले सेवा दिने बताए ।

कम्पनीका अनुसार ६१.५४ किलोवाट क्षमताको लिथियम आयोन ब्याट्री भएको आयोन वाईमा मोटर पावर १०० किलोवाट छ भने गाडीमा १८३ एमएमको ग्राउन्ड क्लियरन्स रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?