टोनी क्रुजले गरे सन्यासको घोषणा

लोकपथ
533
Shares

काठमाडौं । जर्मनीका दिग्गज फुटबल खेलाडी टोनी क्रुजले सन् २०२४ को युरोपियन च्याम्पियनसिप अर्थात युरो कप २०२४ पछि खेलबाट सन्यास लिने भएका छन् । यो जानकारी उनको क्लब रियल मड्रिडले मंगलबार दिएको हो ।

३४ वर्षीय क्रुजले युरो २०२४ पछि व्यावसायिक फुटबल समाप्त गर्ने निर्णय गरेको रियल म्याड्रिडले जनाएको छ । तर, टोनी क्रुजले सन्यासको घोषणा गरेको यो पहिलो पटक भने होइन ।

यसअघि २०२१ मा पनि उनले अन्तर्राष्ट्रिय फुटबललाई अलविदा गरेका थिए । तर, केही महिनापछि उनले आफ्नो निर्णयबाट यू–टर्न लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?