शाहरुख खान अस्पताल भर्ना

लोकपथ
3.9k
Shares

काठमाडौं । बलिउडका बादशाह शाहरुख खान अस्पताल भर्ना भएका छन् । हिट स्ट्रोकका कारण शाहरुखलाई बुधबार अहमदाबादको केडी अस्पतालमा भर्ना गरिएको हो ।

अभिनेता अस्पतालबाट डिस्चार्ज भएको भन्ने विभिन्न खबर आएपनि खान अस्पतालमा उपचाररत रहेको भारतीय सञ्चार माध्यम अमर उज्यालाले जनाएको छ ।

हाल शाहरुखको स्वास्थ्य अवस्था सामान्य रहेको र आज बिहीबार डिस्चार्ज हुने सम्भावना रहेको बताइएको छ ।

तर अस्पतालले भने शाहरुख खानको स्वास्थ्य अवस्थाबारे कुनै वक्तव्य जारी गरेको छैन । अभिनेतालाई बुधबार मल्टिस्पेशलिटी केडी अस्पतालमा भर्ना गरिएको थियो । उनी मंगलबार नरेन्द्र मोदी स्टेडियममा कोलकाता नाइट राइडर्स (केकेआर) टोलीको इन्डियन प्रिमियर लिग (आईपीएल) खेलमा सहभागी हुन अहमदाबाद आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?