अमेरिकाद्वारा सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार

लोकपथ
9.9k
Shares

काठमाडौं । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । लामिछानेले सामाजिक सञ्जालमार्फत अमेरिकाले भिसा दिन अस्वीकार गरेको बताएका हुन् ।

साथै उनले नेपाली क्रिकेट प्रेमीहरुसंग माफिसमेत मागेका छन् ।

अमेरिकाले भिसा दिन अस्वीकार गरेसँगै सन्दीप अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी-२० विश्वकपमा हाललाई सहभागी हुन नपाउने भएका छन् ।

सन् २०१९ मा पनि भिसा नपाएका सन्दीपले त्यसपछि भिसा पाएर खेल्न गएका थिए ।

यसअघि पटक पटक अमेरिका गइसकेका सन्दीपविरुद्ध अदालतमा मुद्दा परेपछि विगतको भिसा रद्द गरिएको जानकारी पनि ढिला गरी पाएका थिए ।

उच्च अदालत पाटनबाट जेठ २ गते उनले सफाइ पाएका थिए ।  जेठ ४ गते उनलाई अमेरिकी राजदूतावासले विगतको भिसा भिसा रद्द भएको इमेल पठाएको थियो । शुक्रबार परेकाले त्यसपछि सोमबारमात्रै उनले नयाँ प्रक्रिया सुरु गरेका थिए ।

तर, अन्तर्वार्ताका लागि गए पनि उनी असफल भएका हुन् ।

नेपालले जुन १ बाट विश्वकप सुरु भए पनि नेपालले जुन ४ मा नेदरल्याण्ड्सँग खेल्दै प्रतियोगिता सुरुआत गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?