विनोदकुमार शाहले लिए पद तथा गोपनियताको शपथ

लोकपथ
126
Shares

काठमाडौं । कर्णाली प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका एमाले सांसद विनोदकुमार शाहले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख तिलक परियारले बुधबार उनलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

वैशाख १८ गते मुख्यमन्त्री यामलाल कँडेलले एमालेबाट ३ र सत्तारुढ दल माओवादी केन्द्रबाट ३ गरी ६ जना मन्त्री नियुक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?