कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

लोकपथ
105
Shares

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन थुनामा राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।नागरिकता दुरुपयोग सम्बन्धी कसुरमा अनुसन्धान गर्नका लागि धनुषा प्रहरीले बुधवार अदालतबाट अनुमति पाएको हो ।

धनुषा जिल्ला अदालतका श्रेष्तेदार कैलाश प्रसाद भट्टराईका अनुसार अदालतले सिरोहियालाई ३ दिन थुनामै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । न्यायाधीश चुरामन खड्काको इजलास सरकारी वकिल र सिरोहियाका कानुन व्यवसायीको बहस सुनिसकेपछि तीन दिनको म्याद जारी गरेको हो ।

यद्यपि प्रहरीले भने सिरोहियालाई पाँच दिन थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै सरकारी वकिलको सहमति लिएर जिल्ला अदालत पुगेको थियो । नागरिकता दुरुपयोग गरेको उजुरी परेपछि धनुषा प्रहरीले अनुसन्धानका लागि सिरोहियाविरुद्ध पक्राउ पुर्जी लिएको थियो । धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिरोहियालाई बुधवार साँझ कान्तिपुरको कार्यालयबाटै पक्राउ गरेको थियो । बुधवार साँझ नै अपराध महाशाखाको प्रहरीले सिरोहियालाई धनुषा लगी धनुषा प्रहरीको जिम्मा लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?