गोपाल खड्का मन्त्रालय तानिए, भट्टराईलाई कामुको जिम्मेवारी

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का मन्त्रालय तानिएका छन् । उनलाई आपूर्ति मन्त्री जयन्त चन्दले मन्त्रालय तान्ने निर्णय गरेका हुन् खड्कालाई मन्त्रालयमा हाजिर हुनका लागि पत्रसमेत पठाइएको मन्त्रालयका प्रवक्ता मुकुन्द पौडेलले बताए इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा अनियमितता गरेको आरोप लागेपछि खड्का विवादमा आएका थिए असोज दुईमा सरकारले उनलाई बर्खास्त गरेपनि सर्बोच्च अदालतले २२ असोजमा बर्खास्तीको निर्णय कार्यान्वयन नगर्न भन्दै पुनःबहाली गरिदिएको थियो विवादीत छविका खड्काको कारण निगमको कार्यसञ्चालनमै समस्या आएको भन्दै आलोचना भएपछि मन्त्रालय तान्ने निर्णय भएको थियो उनलाई मन्त्रालय तान्नका लागि निर्वाचन आयोगले स्विकृति प्रदान गरेको थियो । निगमको जग्गा खरिद प्रकरणबारे हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ भने संसदीय समितिहरुले पनि उनलाई दोषी देखाउँदै कारबाहीको माग गरिसकेका छन् यसैबीच निगमको कायममुकायम प्रबन्ध निर्देशकमा शुशील भट्टराईलाई जिम्मेवारी दिइएको छ । भट्टराई १० औं तहमा कार्यरत निमिक्त नायब प्रबन्ध निर्देशक हुन् । बरिष्ठताका आधारमा भट्टराईलाई निगमको जिम्मेवारी दिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?