कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी

लोकपथ
196
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक जारी छ । सानेपास्थित पार्टी मुख्यालयमा केहीबेरअघि बैठक सुरू भएको हो ।

सभापति शेरबहादुर देउवाले समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको रणनीतिबारे छलफल गर्न केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाएका हुन् ।

सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद् अवरुद्ध पार्दै आएको कांग्रेसले सत्ता पक्षले छानबिन समिति गठन गर्न समेत नमानेपछि अब त्यो विषयलाई जनस्तरसम्म पुर्याउने निर्णय गरेको हो ।

आज बस्ने संयुक्त बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानबिन समिति गठनको विषयले निम्तिएका राजनीतिक घटनाक्रमको समीक्षा गर्ने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?