छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका–५ बालापुर मोडस्थित सडकमा ना.६ ख ६५६२ नम्बरको ट्रकले लु.१६ प ७५९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा बुद्धभुमि नगरपालिका–९ बस्ने ५५ वर्षीय जलेश्वर प्रसाद थारू रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरि महोत्तरीको बलवा नगरपालिका–७ बनौटास्थित सडकमा प्रदेश २–०२–००२ प ३५०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यृु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २२ वर्षीय कृष्ण मण्डल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको रामजानकी हेल्थ केयरमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही हेल्थ केयरमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?