सेयर बजारमा दोहोरो अंकको बढोत्तरी, ५ अर्ब भन्दा माथीको कारोबार

लोकपथ
42
Shares

काठमाडौं । साताको तेस्रो दिन सेयर बजार परिसूचकले दोहोरो अंकको बढोत्तरी कायम राखेको छ । मंगलबार नेप्से परिसूचक २३.९४ अंकले बढ्दै २११५.९४ विन्दुमा रह्यो ।

१ करोड ३२ लाख ४१ हजार २१७ कित्ता सेयर ५ अर्ब २० करोड ६२ लाख रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम भने साताको दोस्रो दिनका तुलनामा २३ करोड कम भएको हो । सोमबार २७.५४ अंकले बढ्दै नेप्से परिसूचक २०९२.०० विन्दुमा पुग्दा १ करोड ४३ लाख ७० हजार ६८९ कित्ता सेयर ५ अर्ब ८५ करोड ४३ लाख रुपैयाँमा किनबेच भएको थियो ।

यसअघि आइतबार ५ अर्ब २५ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको थियो । मंगलबार विकास बैंक र व्यापारबाहेक सबै उपसमूह बढेको छ । फाइनान्स उपसमूह सर्वाधिक ३.५५ प्रतिशतले बढेको छ । जलविद्युत २.१६, वाणिज्य बैंक १.७७, लघुवित्त १.४७ प्रतिशतले बढेको छ ।

१९४ कम्पनीको सेयरमूल्य बढ्दा जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त, सामुदायिक लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । मध्यभोटेकोसी जलविद्युत, हिमालयन लघुवित्त, इस्टर्न हाइड्रोपावर, कुथेली बुखारी स्मल हाइड्रोपावर, महुली लघुवित्त पनि सर्किटस्तरमा बढेका छन् ।

४३ कम्पनीको सेयरमूल्य घट्दा शाइन रेसुंगा विकास बैंक ४.२५ र भगवती हाइड्रोपावर ३.१९ प्रतिशतले घटेका छन् । ९ कम्पनीको सेयरमूल्य स्थिर रह्यो ।
पोखरा फाइनान्सको सर्वाधिक २४ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै सीइडीबी हाइड्रोपावरको १२ करोड ९९ लाख, कालिका पावर कम्पनीको १२ करोड ३८ लाख, माउन्टेन इनर्जीको १० करोड ४१ लाख, सिंगटी हाइड्रको १० करोड १० लाख रुपैयाको सेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?