राइसीको मृत्युपछि को बन्ला इरानको राष्ट्रपति ?

लोकपथ
133
Shares

काठमाडौं । इरानी राष्ट्रपति इब्राहिम राइसी पूर्वी अजरबैजानबाट फर्कदै थिए । त्यसपछि उनको हेलिकप्टर दुर्घटनाग्रस्त भयो, जसमा सवार सबैको मृत्यु भयो। उनको मृत्युको खबरले विश्वभर हलचल मच्चाएको छ । यतीबेला राइसीको ठाउँमा इरानको भावी राष्ट्रपति को बन्छन् भनेर सबैजना उत्सुक छन् ।

इरानका ८५ वर्षीय सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको उत्तराधिकारी मानिने राईसीको आकस्मिक मृत्युले मध्यपूर्वको सबैभन्दा शक्तिशाली पदमध्येको एकको भविष्यलाई पनि असर गर्ने बताइएको छ। इरानी संविधानको धारा १३१ मा राष्ट्रपतिको कार्यकालमा मृत्यु भएमा प्रथम उपराष्ट्रपतिले सर्वोच्च नेताले पुष्टि गरेपछि अस्थायी राष्ट्रपतिको पदभार ग्रहण गर्ने उल्लेख छ।

वर्तमान उपराष्ट्रपति इब्राहिम राइसीको उत्तराधिकारी हुनेछन् तर राष्ट्रपतिमा उनको नियुक्ति सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको स्वीकृतिमा निर्भर हुनेछ। । हाल मोहम्मद मोख्बर इरानका प्रथम उपराष्ट्रपति छन्।

यसका साथै प्रथम उपराष्ट्रपति, संसदका सभामुख र न्यायपालिकाका प्रमुख सम्मिलित परिषद्ले बढीमा ५० दिनभित्र नयाँ राष्ट्रपतिको निर्वाचन गराउनु पर्नेछ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?