नेपाल भेटेरिनरी एशोसिएशनको दाबी-‘कुखुराबाट हल्ला फैलिए जस्तो मानिसमा रोग सर्दैन’

लोकपथ
56
Shares
S

काठमाडौं। बजारमा हल्ला फैलिए जस्तो ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्न सक्ने तथ्यमा कुनै सत्यता नरहेको नेपाल भेटेरिनरी एशोसिएशनले स्पष्ट पारेको छ ।

एशोसिएशनका अध्यक्ष डा.रामकृष्ण खतिवडा र महासचिव डा.केदार सुवेदीले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जालमा ‘ब्रोइलर कुखुरामा लागेको रोग मानिसमा पनि देखापरेको छ’ भन्ने भनाइमा कुनै सत्यता नरहेको स्पष्ट पारिएको छ ।
केही व्यक्तिले वैज्ञानिक तथ्य र कारणबिना नै सामाजिक सञ्जालमा भ्रामक पोष्ट गरी जनमानसमा त्रास सिर्जना गरेको विज्ञप्तिमा उल्लेख छ ।

भ्रामक र अवैज्ञानिक जानकारीलाई सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने काम तत्काल बन्द गर्न र गलत जानकारी प्रवाह गर्ने व्यक्तिलाई तत्काल कारबाही गर्न पनि एशोसिएशनले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?