फ्याटी लिभरको समस्या लक्षण र उपचार

लोकपथ
938
Shares

काठमाडौं । लिभर शरीर भित्रको सबैभन्दा ठूलो अंग हो। यसले शरीरलाई खाना पचाउन, ऊर्जा भण्डारण गर्न र विषहरू हटाउन मद्दत गर्छ। फ्याटी लिभर कलेजोमा धेरै बोसो जम्मा भएर लाग्ने रोग हो । सामान्यतया मानिसको कलेजोमा बोसोको मात्रा नभएको बराबर नै हुन्छ । तर जब कलेजोको कोशिकामा बोसो जम्मा हुन थाल्छ कलेजो बिस्तारै–बिस्तारै सुनिदै जाने गर्छ । जसले गर्दा फ्याट लिवर ( कलेजोमा बोसा) को समस्या उत्पन्न हुन्छ ।

फ्याटी लिभरको समस्याको कारण शरीरमा क्यालोरिको मात्रा बोसोमा परिवर्तन हुन थाल्छ र कलोजोको कोशिकामा जम्मा हुन थाल्छ । जसको कारण कलेजो सुनिने समस्या झन् झन् बढ्दै जान्छ । फ्याटी लिभर रोग मुख्य दुई प्रकारको हुने गर्छ । नोनोलोक्सिक फैटी लिवर रोग र अल्कोहलयुक्त फ्याटी लिभर रोग, जसलाई अल्कोहल स्टेटोहेपाटाइटिस पनि भनिन्छ ।

अल्कोहलयुक्त फ्याटी लिभर अत्याधिक जाँड रक्सीको सेवनले गर्दा हुने गर्छ । यसको सेवनले कलेजोमा बोसो जम्ने गर्छ र कलेजो सुनिने गर्छ ।

अल्कोहलरहित फ्याटी कलेजो प्राय गरेर अस्वस्थकर खानपान र खराब जीवनशैलीको कारणले हुने गर्छ । धेरै चिल्लो र बाहिरको खानाको सिधा असर हाम्रो शरीरको तौलमा पर्ने गर्छ । जसले फ्याटी लिभरको समस्या बढाउने गर्छ ।

फ्याटी लिभरको लक्षणहरु
फ्याटी लिभरको रोगबाट ग्रसित व्यक्तिहरुमा सुरुवातमा कुनै लक्षणहरु देखिँदैन । तर यदि रोगीको शरीरमा यसका लक्षणहरु देखिएमा यसलाई नजरअन्दाज भने गर्नु हुँदैन ।

.खुट्टा सुनिने
.थकाई लाग्ने र कमजोरी महसुस हुने
.भोक कम लाग्ने
.पेट दुख्ने
.आँखा र छाला पहेँलो हुने
.शरीरको तौल घट्दै जाने
.छालमा एलर्जी हुने

फ्याटी लिभर रोगको कारणहरु
फ्याटी लिभर रोगको मुख्य कारण भनेको अत्याधिक मध्यपानको सेवन हो । तर मध्यपान बाहेक यसको अन्य कारणहरु पनि छन् ।

.धेरै मात्रामा खुसार्नी र मसला भएको खानेकुरा खानु
.टाइप–२ मधुमेह भएमा
.धेरै मोटो हुनु
.रगतमा बोसोको मात्रा बढ्नु
.उच्च कोलेस्ट्रोल हुनु
.मेटाबोलिजम कम हुनु
.एस्पिरिन, स्टेरोइड जस्ता केही औषधीहरुको साइड इफेक्ट
.कम सक्रिय थाइरोइड हुनु
.कलेजो सम्बन्धि पारिवारिक रोग भएमा

किन फ्याटी लिभर रोग खतरनाक हुन्छ ?
फ्याटी लिभर एउटा यस्तो रोग हो, जसले प्रारम्भिक लक्षणहरु देखाउने गर्दैन । यदि सहि समयमा यस रोगको उपचार नभएमा कलेजोमा नै पूर्ण तरिकाले क्षति पुग्न सक्छ । जसलाई हामी लिभर सिरोसिर वा कलेजो फेल पनि भन्ने गर्छौँ र पछि गएर यो अवस्था क्यान्सरको कारण पनि बन्न सक्छ । त्यसैले सुरुवाति अवस्थामा नै यो रोग पत्ता लगाउनु निकै जरुरी हुन्छ । खुट्टा सुनिने, जन्डिस हुने, पेटमा पानी भरिने जस्ता समस्याहरु हुन थाल्छ । त्यस अवस्थामा डाक्टरको सल्लाह लिनु निकै आवश्यक हुन्छ । यसका रोगीले नियमित रुपमा चेकअप गराइराख्नु पर्ने हुन्छ ।

फ्याटी लिभर रोगको उपचार
स्वस्थ जीवनशैलीको परिवर्तन र स्वस्थ खानेकुराको सेवनले फ्याटी लिभरको समस्यालाई नियन्त्रण गर्न सकिन्छ । उचित खानपानले र खानामा केहि कुराको समावेशले फ्याटी लिभरको रोगको जोखिमलाई केही हद सम्म कम गर्न सकिन्छ ।

यो रोगलाई कम गर्न वा निको पार्न चिनी र नुन भएको खाना, तारेको खाना, जाँड–रक्सीको सेवन, चिल्लो चिज जस्तै बटर, रिफाइन्ड अन्न र मैदा जस्ता चीजहरु नखाने,

रातो मासु जस्तो खसी, भैँसी र सुँगुरको मासु खानबाट बच्नुपर्छ । किनभने यसमा विषाक्त पर्दाथहरु हुन्छन् । जसलाई राम्रोसँग पचाउन सकिँदैन । जसले गर्दा कलेजो सुनिन सक्छ । स्वास्थ्यलाई अझ खराब अवस्थामा पु¥याउन सक्छ ।

आफ्नो आहारमा फलफुल र तरकारिको मात्रालाई बढाउनुपर्छ । किन भने यिनीहरुमा एन्टीअक्सिडेन्ट भरपुर मात्रामा हुनुको साथै क्यालोरि र फ्याट पनि कम हुने गर्छ ।
खानामा लसुनलाई समावेश गर्दा उत्तम हुन्छ यसले शरीरमा फ्याट जम्नबाट रोक्छ ।
राजमा, चना र कालो दाल जस्ता चीजहरुको सेवन कम गर्नुपर्छ भने मुंग र मुसुरो दालको सेवन गर्न सकिन्छ ।

खानामा कम क्यालोरि भएको खानालाई समावेश गर्नुपर्छ । ब्राउन सुगर र सम्पूर्ण अन्नको आहारमा धेरै फाइबर हुन्छ । जसले कलेजोमा जम्मा भएको बोसोलाई कम गर्न मद्दत गर्छ । यसबाहेक कफी पिउनाले पनि कलेजोमा जमेको बोसो कम हुन थाल्छ । यसले शरीरलाई ऊर्जा पनि प्रदान गर्छ । कफी बाहेक ग्रीन टिको सेवन पनि गर्न सक्छौँ ।

यदि शरीरको तौल धेरे छ भने नियमित रुपमा व्यायाम र योग गर्दा पनि फ्याटी लिभरको समस्याबाट राहत प्राप्त गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?