२० मङ्सिर २०८०, बुधबार

ऋचाको यस्तो डरलाग्दो रुप सार्वजनिक

२०७४,कार्तिक,१३,सोमवार १०:५६

0
Shares

काठमाडौं –‘आधा लभ’ मार्फत निर्माणमा समेत देखिएकी अभिनेत्री नायिका ऋचा शर्मा निर्मित चलचित्र ‘सुनकेसरी’को पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा अभिनेत्री ऋचाको रुप डरलाग्दो देखाइएको छ ऋचाले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा ‘सुनकेसरी’ निर्माण गरेकी हुन् । अर्पण थापाले निर्देशन गरेको यो चलचित्रमा ऋचा शर्मा, भीम न्यौपाने, रबिन्द्र झा लगायतका कलाकारहरुको अभिनय रहेको छ अष्ट्रेलियन दरबार बुटिक होटलका पाहँुना र भुत प्रेतबीचको गतिविधीलाई मुख्य कथा बनाइएको चलचित्र अष्ट्रेलियामै छायाँकन गरिएको हो । २ करोड लागतमा निर्माण गरिएको बताइएको चलचित्रका शर्मिला सापकोटा र धर्मराज अधिकारी सह–निर्माताको रुपमा रहेका छन् चलचित्रका कार्यकारी निर्माता मनोज अधिकारी र अर्पण थापा हुन् । यसको प्रदर्शन मिति अहिले सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति: २०७४,कार्तिक,१३,सोमवार १०:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । विगत १५ वर्ष भन्दा अघिदेखि नियमित रुपमा आयोजना हुँदै आएको डि सिने अवार्डको १५औं संस्करणका लागि चलचित्र दर्ता

काठमाडौं । बलिउड सुपरस्टार रणवीर कपुर यतिबेला आफ्नो फिल्म एनिमललाई लिएर चर्चामा छन् । सन्दीप रेड्डी वाङ्गा निर्देशित यो फिल्म

काठमाडौं । दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘मायावी’को छायाङ्कन सकिएको छ । मुस्ताङ र पोखराका विभिन्न स्थानमा

काठमाडौं । चलचित्र भवनमा नेपाली चलचित्र प्रदर्शन भएबापत निर्माता तथा प्रदर्शकले बराबरी शेयर पाउने भएका छन् । यही मङ्सिर ७

ताजा समाचार