बर्षाले खेल रद्द हुँदा राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सले अंक बाँडे

लोकपथ
0
Shares

काठमाडौं । इन्डियन प्रमियर लिग आइपीएलको समूह चरणको अन्तिम खेल बर्षाका कारण रद्द भएको छ । आइतबार राति राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबीचको खेल रद्द भएको हो । खेल रद्द भएपछि दुवै टिमले एक –एक अंक लिएका छन् ।

कोलकाताले पहिला नै क्वालीफायर १ खेल्ने पक्का गरेको थियो । क्वालीफायर १ खेल्नका लागि राजस्थानलाई जित्नै पर्ने दबाब रहेको खेल बर्षाका कारण प्रभावित भएपछि अब एलिमिनेटर खेल्नु पर्ने भएको छ । आइतबार लामो प्रतीक्षा पछि, केवल टस सम्भव भयो, जसमा कोलकाताले टस जितेर पहिले बलिङ रोजेको थियो । तर लगत्तै पानी परेपछि खेल रद्द भयो । यो खेल रद्द भएपछि दुवै टोलीले एक–एक अंक पाए पनि राजस्थान रोयल्स दोस्रो स्थान गुमाउँदै तेस्रो स्थानमा झरेको छ ।

कोलकाताको खेलको नतिजा जस्तोसुकै भए पनि पहिलो स्थानमा रहने निश्चित थियो । तर, राजस्थानले जित निकाल्दै १८ अंकसहित दोस्रो स्थानमा उक्लने मौका पाए पनि एक अंक मात्र पाउँदा १७ अंक मात्रै बनायो । सनराइजर्स हैदरावादको पनि त्यति नै अंक छ । तर, सनराइजर्स हैदरावादको नेट रन रेट राम्रो छ । जसका कारण हैदरावाद दोस्रो स्थानमा उक्लिदा राजस्थान रोयल्स तेश्रो स्थानमा नै चित्त बुझाउन बाध्य भयो ।

आइपीएलको क्वालीफायर १ मा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावाद खेल्ने छन् । यस्तै प्लेअफमा राजस्थान रोयल्सको भेट रोयल च्यालेन्जर्स बेंग्लुरुसँग हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?